भीम रावलको प्रतिक्रिया- केपी ओली एमालेको अवैधानिक अध्यक्ष हुन् – Nepal Press

भीम रावलको प्रतिक्रिया- केपी ओली एमालेको अवैधानिक अध्यक्ष हुन्

काठमाडौं । नेकपा एमालेको सदस्यबाट ६ महिनालाई निलम्वनमा परेका नेता भीम रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्यको संज्ञा दिएका छन् ।

रावलले सोमबार साँझ वक्तव्य जारी गर्दै देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओली अवैधानिक अध्यक्ष रहेको दावी गरेका छन् ।

रावलले भनेका छन्- नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचत केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अश्वीकार गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर