रहेनन् लुम्बिनीका साहित्यकार ज्ञवाली – Nepal Press

रहेनन् लुम्बिनीका साहित्यकार ज्ञवाली

रुपन्देही । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष भीमलाल ज्ञवालीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

लुम्बिनी क्षेत्रको पत्रकारिता, साहित्यिक विकासका अभियन्ता भाषा, कला, साहित्य र संस्कृतिको उत्थानका लागि खटिइरहेका ज्ञवालीको गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।

गुल्मीको रुरु भड्कुवा घर भएका ज्ञवाली पछिल्लो समय नवलपरासीको बर्दघाट चिसापानीमा बस्दै आएका थिए ।

उनी रुपन्देहीको देवदह मेडिकल कलेजका संचालक, सिर्जनशील प्राविधिक शिक्षालय बर्दियाका अध्यक्ष साथै दर्जनौं सामाजिक संस्थामा क्रियाशील रहेको साहित्यकार ऋषि आजादले जानकारी दिए ।

ज्ञवालीका दुई पत्नी, दुई छोरा, एक छोरी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *