६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो, कसरी दिने आवेदन ? – Nepal Press

६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । आयात र निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । लामो समयपछि भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको हो ।

२०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सको लागि आवेदन माग गरिएको हो ।  भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो ।

त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको छ ।

एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी नयाँ भन्सार एजेन्टको आवेदन खोलेको हो । के चाहिन्छ एजेन्ट बन्न रु भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ ।

प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

२०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन ।

काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र अनलाइनबा नै दरखास्त दिन सकिने छ ।


प्रतिक्रिया

3 thoughts on “६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो, कसरी दिने आवेदन ?

  1. मेरो बि.एड पास र कानुन ल र अध्ययन मा छु। कम्प्युटर पनि सामान्य आउछ ।कुन बुक पढ्नुपर्छ र कसरी सहज हुन्छ । जानकारी पाउ सर धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर