होली मेलामा हिंसात्मक झडप, भीरमुनि दुईको शव भेटियो – Nepal Press

होली मेलामा हिंसात्मक झडप, भीरमुनि दुईको शव भेटियो

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईको भीरबाट लडेर मृत्यु भएको छ ।

घटनाको छोटो भिडियो पनि सामाजिक सन्जालमा भाइरल भइरहेको छ । प्रष्ट नदेखिए पनि भिडियोमा केहि युवाहरुलाई भीरबाट धकेलिएको देखिन्छ ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी कृष्णबहादुर पाली मगरले नेपालप्रेसलाई बताए । उनले घटनाको कारणबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कोसैलाई पक्राउ नगरिएको जानकारी दिए । उनले भाइरल भइहेको भिडियोलाई आधार बनाएर अनुसन्धान गरिने पनि बताए ।

आइतबार दिउँसो होली मनाउन बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर