कोरोनाले बिथोलेको होली, यस्तो छ छिटफुट रौनक – Nepal Press
कोरोनाले बिथोलेको होली, यस्तो छ छिटफुट रौनक
फोटो/भिडियो
विजय गजमेर २०७७ चैत १५ गते १३:०१
२०७७ चैत १५ गते १३:०१

काठमाडौं । फागुन शुक्ल पूर्णिमाको दिन आज हिमाली तथा पहाडका जिल्लाहरूमा (फागु) होली पर्व मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र आपसी सद्‍भावको सन्देश लिई आउने यो पर्वमा विभिन्‍न रङ र लोला खेली मनाउने परम्परा छ ।

विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रल्हादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेकी र प्रल्हाद भने जीवितै रहेको पुराणको कथा प्रसंग होलीसँग जोडिएको छ।

तर, कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष होलीको रौनक कम छ ।

भीडभाड, ठूला समारोह, सार्वजनिक कार्यक्रम नगर्न सरकार र मातहतका निकायको अनुरोधका कारण होलीको रौनक पनि घटेको हो ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम वर्षेनी कम हुँदै गएको र कोरोना संक्रमण नियन्त्रणका लागि परिवारसँग घरमै बसेर होली मनाउन गरिएको आग्रहका कारण उपत्यकाका सडक तथा बजारमा चहलपहल कम छ ।

ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई भने कडाइ गरेको छ ।