जंगलमा लागेको आगो निभाउन जाँदा जलेर एककाे मृत्यु – Nepal Press

जंगलमा लागेको आगो निभाउन जाँदा जलेर एककाे मृत्यु

रुपन्देही । जंगलमा लागेको आगो निभाउन जाँदा पाल्पामा एकजनाको आगोमा परेर मृत्यु भएको छ ।

माथागढीको दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजालीको शनिबार राती मृत्यु भएको हो । सिंजालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा केही दिनदेखि जंगल तथा खरवारीमा आगो लाग्ने क्रममा बढेको छ । आगोलागीका घटना बढेसंगै सुरक्षाकर्मीहरु २४ सै घण्टा सर्तक भएर बस्नुपरेको, सुख्खा मौसमको कारण आगलागीका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पानी नपरेका कारण यस वर्ष आगलागीका घटना बढी भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर