माधव नेपालले भने: सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो, अप्ठेरो महशुस भइरहेको छ – Nepal Press

माधव नेपालले भने: सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो, अप्ठेरो महशुस भइरहेको छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महशुस भएको बताएका छन् ।

नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्चले विचित्र फैसला गरेको बताए । नेपालले भने, ‘मलाई यतिबेला भन्न पनि अप्ठेरो लागिरहेको छ । पार्टीको आन्तरिक कुरा किन यहाँ गर्यो भन्नु होला । तर, यति मात्रै भन्न चाहन्छु, सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो । तर, हामी फर्किन पनि सकिरहेका छैनौं । मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके‌ ।’

उनले थपे, ‘नारायणजी (नारायण वाग्ले) ले नागरिक आन्दोलनमा आउन त भन्नुभएको छ । तर अझै उमेर भइसकेको छैन । पार्टी संगठनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था आइसकेको छैन । खुट्टा अझै तगडै छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर