कांग्रेस नेता जोशीको निधनमा राष्ट्रपतिले दिइन् श्रद्धाञ्जलि – Nepal Press

कांग्रेस नेता जोशीको निधनमा राष्ट्रपतिले दिइन् श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत् नेता जोशीलाई श्रद्धाञ्जलि दिएकी हुन् ।

उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको भन्दै परिवारमा समवेदनासमेत प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दु:खी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर