मौसममा सुधार आउन अझै केही दिन लाग्ने – Nepal Press

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदुषणका कणहरू वायुमण्डलमा जम्मा भएकाले काठमाडौं उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदुषणका कण छरिन नपाई वायुमण्डलमा तैरिरहने भएकाले प्रदुषण बढेर पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताए ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *