वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु – Nepal Press

वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु

कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।

वनभोज खाने क्रममा घाँटीमा एक्कासि समस्या देखिएपछि उपचारको क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।

त्यसैक्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर