एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो (सूचीसहित) – Nepal Press

एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो (सूचीसहित)

डढेलो निभाउने क्रममा एककाे मृत्यु, पौँने १२ लाख बरावरको क्षती

काठमाडौ । शुक्रबार एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो लागेको छ । सोही डढेलोको असरले आज काठमाडौंको वायूमण्डलमा उच्च प्रदुषण फैलियो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार खोटाङ र भोजपुरका तीन-तीन, सुनसरी, मकवानपुर, कपिलवस्तु, तेह्रथुम र सल्यानका दुइ-दुइ ठाउँमा डढेलो लागेको हो । गोरखा, धनकुटा, मोरङ, तेह्रथुम, बाग्लुङ, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर, काठमाडौं, गुल्मी र बैतडीका एक-एक जंगलमा पनि डढेलो लागेको छ ।

गोरखाको आरुघाट गाउँपालिका सात सादोबाटोस्थित सालघारी जंगल, सुनसरीको रामधुनी नगरपालिका २ कालिझोडा सामुदायिक वन र रामधुनी सामुदायिक वन, खोटाङको केपिलासगढी गाउँपालिका तीन बासपानीस्थित सल्लेरी सामुदायिक वन, खोटाङकै बराहपोखरी गाउँपालिका एक डानसिङस्थित रक्तमाला सामुदायिक जंगल र खोटाङकै खोटेहाङ गाउँपालिका ६ बालडाडास्थित बाजगरा सामुदायिक वनमा आगलागी भएको हो ।

धनकुटाको चौबिसे गाउँपालिका ३ स्थित भोटे पौवा चिसापानी सामुदायिक वन, मोरङको लेटाङ नगरापालिका २ बुधबारे वन, भोजपुरको पौवादुङबा गाउँपालिका ५ चौकीबारीस्थित सिन्द्राङ सामुदायिक वन, भोजपुरकै हतुवागढी गाउँपालिका ८ बारीगाउँस्थित मालढुंगा सामुदायिक वन, गाउँपालिकाकै खाम्चीमा राष्ट्रिय वनमा डढेलो लागेको छ ।

तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्यास्थित धामी सामुदायिक वन, मकवानपुरको कैलाश गाउँपालिका ७ स्थित बाल्पाङ वन, जिल्लाकै मनहरी गाउँपालिका १ चकरी घैया डाँडास्थित हरियाली सामुदायिक वन, बाग्लुङको बरेङ गाउँपालिका ३ चाँजास्थित चाँदा सामुदायिक वन, कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ बक्तापुरस्थित जागृती सामुदायिक वन, जिल्लाकै शिवराज नगरापालिका ३ मदवास्थित साझेदारी सामुदायिक वनमा डढेलो लागेको हो ।

यस्तै, दाङको लमही नगरपालिका १ सितलापुरस्थित देवस्थान सामुदायिक वन, नवलपरासी पश्चिमको बर्दघाट नगरापालिका १० संसारकोटस्थित हरियाली सामुदायिक वन, कैलालीको धनगढी उपमहानगरपालिका १५ उर्मिस्थित कालिका सामुदायिक वन, कञ्चनपुरको शुक्लाफाटा नगरपालिकास्थित जनज्योती सामुदायिक वन, तेह्रथुमको लालिगुँरास नगरपालिका ६ सल्लेरी सालघारी सामुदायिक वनमा पनि डढेलो लागेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका ५ को डल्लु सामुदायिक वन र चुनीखानी पाखोस्थित जंगल, गुल्मीको मुसिकोट नगरापालिका ५ खर्बाङस्थित जंगल, सल्यानको सारदा नगरपालिका १३ स्थानिखालस्थित चौतारी सामुदायिक वन र बिन्केश्वरी सामुदायिक वन, बैतडीको सिगार गाउँपालिका ८ स्थित मधुवन जंगलमा डढेलो लागेको हो ।

     शुक्रबार कहाँ लागेको डढेलोले कति क्षती पुयार्यो ?

शुक्रबार गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर सातको सातदोबाटोस्थित सालघारी जंगलमा लागेको डढेलो निभाउने क्रममा ७२ वर्षका एक जना जेष्ठ नागरिकको मृत्यु पनि भएको छ । यस्तै १८ जिल्लाका २८ जंगलमा लागेको डढेलोबाट ११ लाख ८५ हजार रुपैयाँ बरावरको क्षती भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर