प्रदेश १ का नयाँ मन्त्रीले लिए सपथ (तस्बिरहरूसहित) – Nepal Press

प्रदेश १ का नयाँ मन्त्रीले लिए सपथ (तस्बिरहरूसहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले चारजना मन्त्री थपेका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री बनेका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्रीमा नियुक्त भएकी छिन् ।

हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम बहादुर मगर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *