ओलीको विकल्प चाहियो, सरकारमा जुनसुकै दल स्वीकार्छौं : पौडेल – Nepal Press

ओलीको विकल्प चाहियो, सरकारमा जुनसुकै दल स्वीकार्छौं : पौडेल

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै दलको नेतृत्वको सरकार स्वीकार गरेर भए पनि अगाडी बढ्न कांग्रेस तयार हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले अन्य दलको नेतृत्व स्वीकार्य गर्न कांग्रेस तयार रहेपनि केपी ओलीको विकल्प भने खोजिनु पर्ने कांग्रेसको एकमात्र सर्त रहेको बताए ।

‘ओली सरकारको विकल्पमा जुनसुकै दल नेतृत्वको आगामी सरकार स्वीकार्न कांग्रेस तयार छ । दलहरू बीच बसेर छलफलबाट त्यस विषयमा सहमति खोज्न सकिन्छ’, पौडेलले भने ।

नयाँ सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले पहल गरी रहेको भन्दै देउवाले नसके पार्टीले विकल्प दिएर नयाँ सरकार गठनको पहल लिने पौडेलले बताए ।

उनले प्रतिपक्षको मुख्य भुमिका सत्ताको विपक्षमा विकल्प दिने भएकाले अहिलेको अबस्थामा काग्रेसले सत्ताको विकल्प दिने विषयमा अन्य दलहरूसँग छलफल र वार्ता गरिरहेको पनि बताए ।

संविधान र सिष्टमलाई भत्काउन धेरै षड्यन्त्र भइरहेको भन्दै त्यसलाई जोगाउन एकजुट हुनुपर्नेमा पौडेलको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर