रहेनन् ‘बेनीको बजार‍…’का गायक – Nepal Press

रहेनन् ‘बेनीको बजार‍…’का गायक

काठमाडौं । गायक टीका बहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बुटवलमा निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन  ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतले ख्याती कमाएका श्रेष्ठ रुपन्देहीमा बसोबास गर्दै आएका थिए ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको सहर भनेरसमेत चिनिन्छ ।

विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले यो गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीले गाएको गीत प्रथम भएको थियो ।  त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए । श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर