६ वर्षपछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदा – Nepal Press
६ वर्षपछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदा
फोटोफिचर
विजय गजमेर २०७७ चैत १२ गते २०:४९
२०७७ चैत १२ गते २०:४९

काठमाडौं । दशरथ रंगशाला नेपाली फुटबल खेलाडीहरुको लागि सबैभन्दा प्यारो मैदान हो । तर, ६ वर्षदेखि नेपाली राष्ट्रिय टिमले यहाँ अन्तर्राष्ट्रिय म्याच खेल्न पाएका थिएन । ७२ सालको भूकम्पले भत्काएको रंगशाला पुनर्निमाण हुन लामो समय लाग्यो ।

गत वर्षबाट पुनर्निमित रंगशालामा खेलहरु हुन थाले पनि कोरोनाका कारण फेरि फुटबल गतिविधि ठप्प भयो । त्यसयता आज पहिलोपटक नेपाली राष्ट्रिय टोलीले रंगशालामा खेलेको हो । किर्गिस्तान–यु २३ विरुद्ध नेपालले राम्रो खेल प्रस्तुत गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । स्वदेशी मैदानमा जितको खोजीमा रहेको टोली बराबरीमा रोकियो र दर्शक निराश बने । यद्यपि, दशरथ रंगशालामा फुटबल फर्किएको खुशी भने खेलाडीहरुमा झल्किएको थियो ।

हेर्नुस आजको म्याचका केही तस्वीर: