ओलीलाई रावलको प्रश्न-तपाईंलाई नेकपाले अनुशासनको कारवाही गरेको यथार्थ होइन ? (पूर्णपाठ) – Nepal Press

ओलीलाई रावलको प्रश्न-तपाईंलाई नेकपाले अनुशासनको कारवाही गरेको यथार्थ होइन ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीलाई १४ बुँदै स्पष्टिकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि संगीन आरोप लगाएका छन् ।

रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् ।

रावलले ओलीलाई साबिक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको होइन ? भन्दै प्रश्न उठाएका छन् । रावललाई पार्टीले महाधिवेशन आयोजक समिति सदस्यका रुपमा स्पष्टिकरण मागेको थियो । तर उनले आफूलाई उपाध्यक्षकै रुपमा पेश गरेका छन् ।

आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको अरोप तथ्यहीन भएको बताएका छन्। उनले भनेका छन्, ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गनुभएको मात्र हो किन नभन्ने ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर