ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’ – Nepal Press

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ संचालनमा ल्याएको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र अनुसार ग्लोबलले सो कार्ड संचालनमा ल्याएको हो ।

राष्ट्र बैंकले ल्याएको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप बैंकले डलर कार्ड जारी गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी ,युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्धन गर्न सकिने बैकले जनाएको छ ।

यो सुचार गर्नका लागि बैंकका ग्राहकले नागरिकता र प्यान कार्ड पेश सहित ५०० रुपैयाँ सेवा शुल्क बुझाउनुपर्ने बैंकले जनाएको छ ।

यस कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकले नेपालका ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्सको सुविधा समेत प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर