अब हुम्लाबाटै मानसरोवर दर्शन, भारतीय पर्यटक ओइरिन थाले – Nepal Press

अब हुम्लाबाटै मानसरोवर दर्शन, भारतीय पर्यटक ओइरिन थाले

काठमाडौं । अब नेपालबाटै कैलाश मानसरोवर दर्शन गर्न पाइने भएको छ । नेपालको हुम्लामा पर्ने लाप्चाबाटै चीनको तिब्बतमा पर्ने उक्त हिन्दू तीर्थस्थललाई दर्शन गर्न सकिने भएको हो ।

नेपाली र भारतीय तीर्थयात्रीलाई दर्शनमा सजिलो बनाउनको लागि लाप्चामा प्रतीक्षालय समेत बन्ने भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको लाप्चामा सुविधासम्पन्न प्रतीक्षा गृह बन्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

साथै उक्त थलोमा भ्यू टावर पनि बनाइने तयारी भएको छ । यसअघि हुम्लाबासीले लाप्चाबाटै दर्शन गरेकोमा अब भारतीय तीर्थयात्री पनि पुग्न थालेका छन् । लाप्चाबाट मानसरोवर र कैलाश पर्वत पनि देख्न सकिन्छ ।

कोरोनाभाइरस महामारीको कारण चीनले गतवर्षदेखि नै मानसरोवर दर्शन बन्द गरेको छ । यसवर्ष पनि तीर्थयात्रा नखुल्ने चीनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर