नेप्से २१ अंकले घटेपनि कारोबार रकम ६ अर्ब ५० करोड – Nepal Press

नेप्से २१ अंकले घटेपनि कारोबार रकम ६ अर्ब ५० करोड

काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक २१.२९ अंकले घट्दै २५४८.९६ बिन्दुमा कारोबार बन्द भएको छ ।

२०८ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.६४ अंकले घट्दै ४५०.३१ अंकको बिन्दुमा रोकिएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटा कम्पनीको सेयर कारोबार भएकोमा व्यापार समूहमा १७४.८८ , होटल तथा पर्यटन समूहमा १५४.०७ र लगानी समूहमा १.१९ अंक बाहेक अन्य सबै समूहको कारोबार ऋणात्मक रह्यो ।

सबैभन्दा धेरै जीवन बीमा समूहको कारोबारमा १६९.८ अंक गिरावट आएको नेप्सेले जनाएको छ । त्यस्तै नीर्जीवन बीमा समूहमा ५४.१५ अंक , उत्पादन समूहमा ४९.६३ , जलबिद्युत समूहमा ४४.२९ , लघुवित्त समूहमा ४७.५४ , बिकास बैंक समूहमा १९.९२ र बैकिङ्ग समूहमा १९.६७ अंकको गिरावट आएको छ ।

चन्द्रागिरि हिल्सले आजको कारोबार पनि सकारात्मक सर्किटब्रेक लागेको छ । आज मात्रै १८९ रुपैयाँले बढ्दै चन्द्रागिरिको सेयर मूल्य २०७९ रुपैयाँ कामय भएको छ ।

त्यस्तै चन्द्रागिरि संगै सर्पोट लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर करोबार पनि सकारात्मक सर्किट ब्रेक नजिक रहेका छन् ।

८९ करोड ५० लाख रुपैयाँ कारोबार भएको निफ्रा कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । नेपाल बङ्गलादेश बैंकका लागानीकर्ताले सबैभन्दा धेरै ६.१४ प्रतिशतले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर