नक्कली पैसाले तरकारी किन्दै गरेका दुईजना पक्राउ – Nepal Press

नक्कली पैसाले तरकारी किन्दै गरेका दुईजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित कीर्तिपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका -१३ बाफल बस्ने मकवानपुरकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका -३ बस्ने रौतहटका ३५ वर्षीय गन बहादुर लोप्चान रहेका छन् ।

उनीहरुलाई नक्कली नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिएर आएका थिए ।

सोही आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली नेपाली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेट बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर