बाबुराम भट्टराईको टिप्पणी- कांग्रेसले प्रतिपक्षको धर्म निभाएन – Nepal Press

बाबुराम भट्टराईको टिप्पणी- कांग्रेसले प्रतिपक्षको धर्म निभाएन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको टिप्पणी गरेका छन् ।

सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनै पनि बेला वैकल्पिक सरकार दिन प्रतिपक्षी तयार रहनु पर्ने भन्दै भट्टराईले कांग्रेस त्यसमा चुकेको बताएका हुन् ।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले ट्वीटरमा लेखका छन्, ‘अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है ।’

तीन दिनअघि विराटनगरमा सञ्चारकर्मीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरू विपक्षी भएकोले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आफ्नो काम नभएको र सरकारको नेतृत्व पनि नगर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर