कोरोना जोखिमलाई ध्यान दिँदै एमालेको प्रदेशस्तरीय भेला स्थगित – Nepal Press

कोरोना जोखिमलाई ध्यान दिँदै एमालेको प्रदेशस्तरीय भेला स्थगित

विराटनगर । नेकपा एमालेले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै शुक्रबार विराटनगरमा तय गरिएको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला स्थगित गरेको छ । भेलालाई सम्बोधन गर्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आउने टुंगो भएकव थियो ।

नेकपा एमाले प्रदेश १ कमिटीका सचिव विनोद ढकालले कोरोना कारण अगुवा कार्यकर्ता भेला हाललाई स्थगित गरिएको बताए ।

‘सुनसरी मोरङ र झापा जिल्लामा कोरानाका नयाँ केसहरू फेला पर्न थालेका छन्’ सचिव ढकालले भने,‘ कोरानाको केस फेला परिरहेको अवस्थामा सभा सम्मेलन र भेलामा जोखिम निम्ताउने सम्भावना रहन्छ।’

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीको विराटनगरमा पहिलो भेलाको आयोजना गरिन लागिएको थियो ।

स्वास्थ्य मन्त्रालयले पनि केही दिनअघि संक्रमणदर बढेकोले भीडभाड, जुलुस, सभा, गोष्ठी नगर्न र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन आग्रह गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर