दोहरो नागरिकता लिएका ठाकुर पक्राउ – Nepal Press

दोहरो नागरिकता लिएका ठाकुर पक्राउ

जनकपुरधाम । दोहोरो नागरिकता लिएको कसुरमा अदालतले सजायँ सुनाएपछि फरार भएका एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका ८ सप्तरीका ३२ वर्षीय जिबछ ठाकुर रहेका छन् । उनलाई ०७२ वैशाख १४ गते जिल्ला अदालत सप्तरीले एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजायँ सुनाएको थियो । त्यसपछि ठाकुर फरार थिए ।

ठाकुरलाई सप्तरी प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

घरबाटै पक्राउ परेका ठाकुरलाई अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर