विद्यार्थीको ज्यान मार्ने धम्कीपछि शिक्षकले गुहारे प्रहरी – Nepal Press

विद्यार्थीको ज्यान मार्ने धम्कीपछि शिक्षकले गुहारे प्रहरी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका– ८ तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले विद्यार्थीबाट ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा मागेका छन् । १२ कक्षामा अध्ययनरत विद्यार्थी निराजन थापाले ज्यान मार्ने धम्की दिएको भन्दै उपाध्यायले सुरक्षा मागेको विद्यालयका प्रधानाध्यापक करुणाकर शर्मा खनालले जानकारी दिए ।

शिक्षकलाई ज्यान मार्ने धम्की आएपछि विद्यालयले प्रहरी चौकी तिलेपाटामा जीवनरक्षाको माग गर्दै निवेदनसमेत दिइएको प्रधानाध्यापक खनालले बताए ।

शिक्षक उपाध्यायले भने– जीवनरक्षाका लागि प्रहरी चौकीमा निवेदन दिएको छु । सुरक्षाको आवश्यक प्रवन्ध हुनेमा म आश्वस्त छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *