‘ओलीले कानुनी जालझेलबाट कब्जा गरे भने सोचौंला, नत्र एमाले हाम्रो हो’ (भिडियो) – Nepal Press

‘ओलीले कानुनी जालझेलबाट कब्जा गरे भने सोचौंला, नत्र एमाले हाम्रो हो’ (भिडियो)

म हाँस्ने प्रयास गर्दैछु, प्रधानमन्त्रीको कुर्सीबाट सडकमा आएपछि ओली सिद्धिन्छन्

काठमाडौं । नेकपा एमालेमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाएर होइन भित्रै बसेर केपी ओलीविरुद्ध लड्ने प्रयासमा रहेको बताएका छन् ।

आफूनिकट विद्यार्थीहरूको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले ओलीको चुरिफुरी प्रधानमन्त्री पदमा हुन्जेलमात्र रहने भन्दै प्रधानमन्त्रीबाट सडकमा आएको भोलिपल्ट ओली प्रवृत्ति समाप्त हुने दाबी गरे ।

नेपालले भने, ‘केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सेका छैनौं, आतंकित भएका छैनौं, सामना गर्न तयार छौं । माधव नेपाल कहिल्यै अलमलमा पर्दैन । केपी ओलीसँग लड्न गाह्रो छैन । यिनका दुई दिनका चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेलमात्र हो । प्रधानमन्त्रीको कुर्सीबाट सडकमा पुगेपछि यिनको हावा फुस्किनेछ ।’

नेता नेपालले नेकपा एमाले छाडेर बाहिर जाने पक्षमा आफूहरु नरहेको बताए । ओलीले सोध्ने स्पष्टिकरणबाट आफूहरु नडराएको उनका भनाइ थियो ।

नेपालले भने, ‘मलाई एकजनाले भन्दै हुनुहुन्थ्यो कमरेड,स्टेजमा बस्दा अँध्यारो भयो अनुहार,अलि अलि हाँस्नुस् न । म हाँस्न प्रयास गर्दै थिएँ । हामी पार्टी फुटाउँदैनौ, एमाले हाम्रो हो । ओलीले कानुनी जालझेल गरेर कब्जा गरे भनें त्यतिबेला विचार गरौंला ।’

वरिष्ठ नेता नेपालले सबै जनसंगठन र देशभर अलग कमिटीहरू बनाएर जाने उद्घोषसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर