कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै – Nepal Press

कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै

काठमाडौं । कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनको राजधानी बेइजिङ जाने भएको छ ।

निगमको वाइड बडी ए ३३० जहाज चैत १५ गते पठाउन लागिएको हो । बेइजिङबाट स्वास्थ्य सामग्री लिएर जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौं अवतरण गर्ने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘ भेरोसेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णयअनुरूप ८ लाख कोभिडविरुद्धको खोपलगायत सहायता सामाग्री लिन जहाज पठाउन लागिएको हो ।

स्वास्थ्य तथा जन मन्त्रालयसँगको समन्वय गरेर जहाज प्रयोगका लागि आन्तरिक गृहकार्य गरिएको निगमले जनाएको छ । कोभिडविरुद्धको खोप लिन निगमको जहाजले पहिलोपटक उडान गर्न लागेको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामाग्री ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर