एक सातामा निक्षेप संकलन ११ अर्ब बढ्याे, कर्जा प्रवाह १ अर्बले घट्यो – Nepal Press

एक सातामा निक्षेप संकलन ११ अर्ब बढ्याे, कर्जा प्रवाह १ अर्बले घट्यो

काठमाडौं । कोभिडका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रमा लगानीयोग्य रकम माग तिव्ररुपमा बढ्न थालेको छ ।

चैत्र महिनाको पहिलो सातामा २३ अर्ब रुपैयाँ नेपालका बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको छ भने १३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ ।

निक्षेप र कर्जा बीचको अन्तर ९ अर्ब रुपैयाँको रहेको देखिन्छ । फागुनको अन्तिम साताको तुलनामा चैत्र महिनाको पहिलो सातामा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ भने निक्षेप संकलन ११ अर्ब रुपैयाँले बढेको छ ।

फागुन महिनामा कुल ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन ५५।६८ प्रतिशतले बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर