स्वास्थ्य बीमामा सरकारलाई वार्षिक ७ अर्बको दायित्व, १५ अर्ब पुग्दै – Nepal Press

स्वास्थ्य बीमामा सरकारलाई वार्षिक ७ अर्बको दायित्व, १५ अर्ब पुग्दै

काठमाडौं । सरकारले नागरिकालाई स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकरले अहिले प्रतिवर्ष नागरिकको स्वास्थ्या बीमामा ७ अर्ब खर्च गरिरहेको छ ।

अर्थ समितिको बीमा प्रधिकरण ऐनको दफाबारे छलफलमा अर्थमन्त्रालयका राजस्वा सचिव रामशरण पुडासैनीले सरकारले स्वास्थ्य बीमामा ७ अर्ब खर्च गरिरहेको र अब यो दायित्व बढेर १५ अर्ब पुग्ने अवस्था आएको बताए ।

छलफलमा पुडासैनीले भने ‘स्वास्थ्य बीमा’ स्वास्थ्य सुरक्षा कार्यक्रम जस्तो भयो । अब नयाँ ऐनमा स्वास्थ्य बीमालाई पनि पोलिसीमा नै समेटेर अगाडि लानुपर्छ । स्वास्थ्य बीमा बोर्डमा काम गरेर यसलाई खारेज गरेर स्वास्थ्य बीमा कम्पनी निर्माण गरौं ।’

छलफलका क्रममा अर्थ सिमितिका सभापती कृष्णप्रसाद दाहालले स्वास्थ बीमालाई निजी अस्पतालले लुट धन्दा जसरी प्रयोग गरेको बताए । उनले भने ‘एउटै रोगको उपचारको लागि निजीले ५ लाख शुल्क लिन्छन् भने सरकरीले ५ हजारमा नै गर्ने गरेको छ ।

स्वास्थ्य बीमाको यो विकृति नियान्त्रण गर्न स्वास्थ्य बोर्डलाई नै अधिकार दिउं ।’ सरकारको स्वास्थ्य बीमामा दायित्व बढ्दै जाने र निजी अस्पतालले पैसा कमाउने माध्यमको रुपमा स्वास्थ्य बीमालाई लिएको दाहालले बताए ।

समितिले बीमाका लागि नयाँ ऐन ल्याउन दफाबार छलफल सञ्चालन गरिरहेको छ । सरकराले देशैभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर