राष्ट्रपति भण्डारी ढाका पुगिन् – Nepal Press

राष्ट्रपति भण्डारी ढाका पुगिन्

काठमाडौं । बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् ।

आज बिहान ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गरी नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत ढाका पुगेकी हुन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारीको औपचारिक भ्रमण भएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसहित सार्क राष्ट्रका अन्य दुई राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका प्रधानमन्त्री माहिन्दा राजापाक्षे यसअघि नै बंगलादेश पुगिसकेका छन् ।

नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० का चालक दलका सदस्यसहित क्याविन क्रूसँग तस्बिर खिचाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर– दिपु ज्वार्चनको फेसबुक ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिनेछ । त्सपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि जानेछिन्।

आजै उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *