एमालेसम्वद्ध प्रवासी नेपाली मन्चको भेलालाई महासचिव पोखरेलको सम्बोधन – Nepal Press

एमालेसम्वद्ध प्रवासी नेपाली मन्चको भेलालाई महासचिव पोखरेलको सम्बोधन

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्वोधन गरी बाधा अड्चन पन्छाउँदै उत्साहका साथ पार्टीको काम व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

विगतमा अनेकन वाधा, अड्चन र चुनौती परास्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँ सम्म आइपुगेको सन्दर्भ स्मरण गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीहरुलाई परास्त गर्दै अगाडि जाने कुरामा विश्वस्त र उत्साहका साथ अघि बढ्न विश्वभर फैलिएका प्रवास सम्वद्ध पंक्तीलाई आव्हान गरे ।

‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिस्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको श्रृंखला व्यहोर्दै आएका हौं, ती सवैबाट शिक्षा लिएका पनि छौं’ महासचिव पोखरेलले भने, ‘बदलिएको सन्दर्भमा अव तपाईहरु सवै उत्साहका साथ विगतका तीतामीठा सन्दर्भ विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’

पार्टीका पछिल्ला निर्णयबारे अवगत गराउँदैं उनले विगतको कतिपय सन्दर्भलाई विर्सेर ठूलो छाती बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सवैलाई आव्हान गरे ।

भर्चुअल माध्यमबाट आयोजित भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *