मुलुकले फेरि कांग्रेसको नेतृत्व खोज्यो : प्रकाशमान (भिडियो) – Nepal Press

मुलुकले फेरि कांग्रेसको नेतृत्व खोज्यो : प्रकाशमान (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

चाक्सीबारीस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले जनताले दिएको मत अनुसार सरकार चलाउन नसकेकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीका हरेक कदमले संविधान र लोकतान्त्रिक प्रक्रियामा बाधा पुगेको भन्दै नेता सिंहले प्रधानमन्त्रीले राजीनामा नदिए दलहरुले विकल्प सोच्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीले राजीनामा नदिने हो भने एमाले बाहेकका दलहरूले मुलुकलाई निकास दिनुपर्छ । त्यसका लागि कांग्रेसले अग्रसरता देखाउनुपर्छ’, सिंहले भने । उनले संसदमा सरकारको बहुमत प्राविधिक विषय मात्रै भएको बताए ।

‘अविश्वास प्रस्ताव नआएपनि, समर्थन फिर्ता नभएपनि राजनीतिक रुपमा यो सरकार असफल भइसकेको छ । यसको विकल्प प्रधानमन्त्रीले नदिए कांग्रेस, माओवादी र जसपाले खोज्नुपर्छ’, सिंहले भने ।

उनले मुलुकले फेरि एकपटक कांग्रेसको नेतृत्व खोजेको समेत बताए । जनताले ५ वर्षको लागि म्याण्डेट दिएको भएपनि कम्युनिष्टहरूले जनमतको रक्षा गर्न नसकेको सिंहको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर