कांग्रेसको पौडेल पक्षले बैठक बोलायो – Nepal Press

कांग्रेसको पौडेल पक्षले बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षका नेताहरूलाई बोहराटार बोलाइएको हो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा.मिनेन्द्र रिजाललगायतलाई बोलाइएको पौडेलनिकट स्रोतले बतायो ।

२ बजेपछि बोहराटारमा बस्ने बैठकमा समसामयिक राजनीतिबारे कुरा हुने बताइएको छ । सो बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन सभापतिको ध्यानाकर्षण गराउने पौडेलनिकट नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर