टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु – Nepal Press

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

रासस । शनिबार झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पूर्व पश्चिम राजमार्गको दमक–४ चियाबगान सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले अर्को दिशाबाट आएको प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका–८ का २४ वर्षीय अनिश कोइरालाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालक रतुवामाई–८ कै २३ वर्षीय निरन बस्नेतको उपचारका क्रममा विर्तामोडस्थित बीएण्डसी अस्पतालमा निधन भएको हो ।

टिपर र चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर