सुर्खेतमा खुल्यो गार्डेन मार्ट, कर्णालीकै उत्पादनलाई प्राथमिकता – Nepal Press

सुर्खेतमा खुल्यो गार्डेन मार्ट, कर्णालीकै उत्पादनलाई प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेशकै उत्पादनलाई प्राथमिकता दिने गरी शिखर अर्गनाइनेसनले विरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिकै शिखर गार्डेन मार्ट सन्चालनमा ल्याएको छ ।

५ करोड लगानीमा खुलेको मार्टमा उपकार ब्राण्डका खाद्यान्न सामानसहित कृषि औजार र मेसिनहरु समेत खरिद गर्न पाइन्छ । कोहलपुर शाखाको सव डिलरका रुपमा वीरेन्द्रनगरमा सामान बेच्दै आए पनि अहिले १८ औं शाखाका रुपमा मार्ट सन्चालनमा ल्याइएको शिखर अर्गनाइजेसनका कर्णाली प्रमुख ईश्वर श्रेष्ठले जानकारी दिए ।

कम्पाीले हात ६५ जनालाई रोजगारी दिइरहेको छ । लेखा प्रमुख अनिल अधिकारीका अनुसार हाल कम्पनीका व्राण्डेड उत्पादनहरु हुम्ला, डोल्पा र मुगु बाहेक कर्णालीका अन्य जिल्लामा विक्री भइरहेको छ ।

प्रमुख ईश्वर श्रेष्ठका अनुसार कर्णालीमा उत्पादन हुने सबै खाद्यान्नलाई खरिद गरेर विक्री वितरण गर्ने कम्पनीको उद्देश्य छ । ‘यहाँ अर्गानिक खाद्य वस्तुहरु उत्पादन हुने गरेका छन । कृषि उत्पादनहरु खरिद गरेर काठमाडौं पठाइरहेका छौं । प्रशोधन गर्ने, प्याकेजिंग गर्ने र उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गर्ने अभियान सुरु गरेका छौं,’ उनी भन्छन्, ‘त्यसबाट यहाँ उत्पादन गरेका कृषि वस्तुले बजार पाउने र नागरिकको आयस्तर बढ्ने हाम्रो अपेक्षा हो ।’ कर्णाली प्रदेशमा केहि वर्षमै चिस्यान केन्द्र समेत सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।

लेखा प्रमुख अधिकारीले आफूहरुले किसानबाट खाद्यान्न सोझै खरिद गर्न चाहेपनि विभिन्न समस्याले अहिले व्यापारीबाटै खरिद गर्नुपर्ने अवस्था रहेको बताए । ‘किसानबाट सोझै खरिद गर्दा राम्रो हुन्थ्यो । उनीहरुले हामीलाई विल दिन सक्दैनन् । विल नभएको खण्डमा हामीले ठूलो परिमाणमा खरिद गर्न सक्दैनौं ।’ किसानका कृषि सामाग्रीहरु खरिद गरेर कुनै निकायले आफूहरुलाई विक्री गर्न चाहेमा खरिद गर्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर