प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई स्वास्थ्य लाभको कामना – Nepal Press

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट संक्रमित पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्वीटरमार्फत उनले खानप्रति शुभेच्छा व्यक्त गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री खानको स्वास्थ्य लाभको कामना गरेका छन् ।

कोभिडविरुद्धको चिनियाँ सिनोफार्म खोप लगाएको दुई दिनमै खानलाई कोरोना पुष्टि भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर