एमाले केन्द्रीय समिति बैठकका एजेन्डा: महाधिवेसन आयोजक समिति गठनदेखि स्थायी कमिटी पुनर्गठनसम्म – Nepal Press

एमाले केन्द्रीय समिति बैठकका एजेन्डा: महाधिवेसन आयोजक समिति गठनदेखि स्थायी कमिटी पुनर्गठनसम्म

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १२औं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीको असन्तुष्ट पक्षले बहिष्कार गरेको वैठकले महत्त्वपूर्ण निर्णयहरु लिन सक्ने बुझिएको छ ।

स्रोतका अनुसार बैठकमा १० वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएका छन् । संसदीय दलको विधान अनुमोदन गर्ने, अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने, स्थायी कमिटी पुनर्गठन तथा महाधिवेसन आयोजक समिति बनाउने वैठकका प्रमुख एजेन्डा हुन् ।

यसैगरि, नेताहरुको कार्यविभाजन, जनसंगठनको जिम्मेवारी हेरेफेर, तथा पार्टीविरोधि गतिविधि गर्ने नेताहरुमाथिको कारवाही पनि छलफलका एजेन्डा छन् ।

असन्तुष्ट माधव नेपाल समूह भने बैठकमा सहभागी छैन । पार्टी एकताका पक्षधर उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा भाग लिए पनि केन्द्रीय समिति बैठकमा भने बसेनन् । उनी ‘अस्पताल जानु छ’ भन्दै हिँडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर