ओलीले बनाएको संसदीय बोर्डमा बस्दैनौं : माधव नेपाल – Nepal Press

ओलीले बनाएको संसदीय बोर्डमा बस्दैनौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलले बनाएको संसदीय बोर्डमा आफूहरु नबस्ने बताएका छन् । सर्वोच्चको फैसला अनुसार एमालेलाई ७५ साल जेठ ३ गतेको अवस्थामा नफर्काएसम्म पार्टीको कुनै निर्णय नमान्ने उनको भनाइ छ ।

आज आयोजित आफ्नो पक्षका युवाहरुको भेलामा नेपालले भने, ‘हामी दुई जना बबुरोलाई कृपादृष्टि पुर्याएर संसदीय बोर्डमा राख्ने काम भएछ । तर, हामी त्यसमा बस्दैनौं । बस्नु छैन । बोर्ड पहिले वैधानिकरुपमा गठन हुनरपर्यो ।’

उनले ३ वर्ष अगाडिको अवस्थामा फर्काएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । त्यसो भएको खण्डमा ओलीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको उनको स्पष्टोक्ति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *