तस्विरमा एमाले संसदीय दलको बैठक, दुवै सदनको नेता ओली र उपनेता नेम्वाङ – Nepal Press
तस्विरमा एमाले संसदीय दलको बैठक, दुवै सदनको नेता ओली र उपनेता नेम्वाङ
फोटो फिचर
नेपाल प्रेस २०७७ चैत ७ गते १५:२०
२०७७ चैत ७ गते १५:२०

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले विधान संशोधन पारित गर्दै संसदीय बोर्डमार्फत माधव नेपाल लगायत गुटगत भेला गर्ने नेताहरुमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गुट छाडेर व्यक्तिगत रुपमा आफ्ना गुनासा लिएर आउन सांसदलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरुले विधान संशोधन मस्यौदामाथि आफ्ना धारणा राखेका थिए ।

 
 
 
 

अब एमालेमा संसदीय दलको उपनेता दलका नेताले चयन गर्ने र राष्ट्रियसभामा दलको नेता नरहने व्यवस्था गरेको छ । संघीय संसदीय दलको नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङ भएका छन् ।


 
 
 
तस्विरहरु : राजन काफ्ले