भोकभौकै संघर्षमा हिँडेका छौं, ज्यानको परवाह छैन: माधव नेपाल – Nepal Press

भोकभौकै संघर्षमा हिँडेका छौं, ज्यानको परवाह छैन: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू भोक–निद्राको ख्याल नगरी संघर्षमा हिँडेको बताएका छन् । आफ्नो गुटनिकट युवाहरूको भेलालाई सम्वोधन गर्दै उनले त्याग र बलिदानबाट मात्रै राजनीतिक लक्ष्य पूरा गर्न सकिने धारणा राखे ।

‘तपाईंहरुको युवा जोशभन्दा हाम्रो जोश पनि कम छैन,’ नेपालले भने, ‘हामीलाई भोकको चिन्ता, छैन, निद्राको चिन्ता छैन, ज्यानको परवाह छैन । ’

उनले बिहान घरबाटै खाना बोकेर हिँडेको भए पनि व्यस्तताले अहिलेसम्म खान नभ्याएको सुनाए । तर, एक दिन भोकै बस्दैमा केही परक नपर्ने उनको भनाइ थियो ।

‘आन्दोलनका क्रममा कैयौं दिन भोकै हिँडिएको छ । आज एक दिन भाकै भएर केही बिग्रिँदैन । एक किलो वजन घट्ला । त्यसले राम्रै हुन्छ,’ नेपालले भने ।

उनले पार्टीमा तीन वर्षदेखि खिया लागेको भन्दै आफूहरु त्यसलाई सफा गरेर नयाँ चमक दिन लागि परेको बताए ।

नेपालले भने, ‘हामीमा खिया लागेको छ, काइ लागेको छ । मुख गन्हाएर हैरान भइसकेको थियो । अब फेरि हामी दाँत माझ्दैछौं । फेरि ब्रसिङ गर्दैछौं । फोहोर मैलालाई टुथ पेष्टले क्लियर गरेर सफा वायूले सास फेर्नेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर