४० वर्षपछि भारतीय जेलबाट मुक्त भए नेपालका दीपक जैसी – Nepal Press

४० वर्षपछि भारतीय जेलबाट मुक्त भए नेपालका दीपक जैसी

कोलकाता । ४० वर्षपछि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना)आज थुनामुक्त भएका छन् । उनी कर्तव्य ज्यान मुद्दामा थुनामा थिए ।

जैसीलाई थुनामुक्त गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।

भाइ प्रकाशचन्द्र तिम्सिनालाई जिम्मा लगाएर जैसी थुनामुक्त भएका हुन् । उनका भाइ नेपालबाट कोलकाता पुगेपछि दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको जनाइएको छ ।

तस्विर : बीबीसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *