नेपाल दक्षिण एशियाकै खुशी मुुलक, अघिल्लो वर्षभन्दा १३ स्थान माथि उक्लियो – Nepal Press

नेपाल दक्षिण एशियाकै खुशी मुुलक, अघिल्लो वर्षभन्दा १३ स्थान माथि उक्लियो

काठमाडौं । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको छ ।

नेपाल दक्षिण एसियाकै खुशि मुलुक घोषित भएको छ । राष्ट्रसंघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई सूचिकृत गरेको हो ।

नेपालले ५.२६९ स्कोर पनि प्राप्त गरेको छ । कूल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

जसअनुसार नर्डिक मुलुक फिनल्यान्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशि मुलुकको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशि मुलुकको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ ।

छिमेकी मुलुक भारत १४४ औं स्थानमा छ । भारत नेपाल, बंगलादेश र पाकिस्तानभन्दा तल छ । उत्तरी छिमेकी मुलुक चीन नेपालभन्दा दुई स्थान माथि छ । सन् २०१९ मा नेपाल एकसय स्थानमा थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली । तस्विर– राजन काफ्ले । 

नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशि मुलुक बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशि हुने मुलुक बनेको थियो ।

सबैभन्दा बढी खुशि हुने मुलुकहरुमा नडिर्क देश अगाडि छन् । फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन् । उत्कृष्ट दसभित्र एसियाली मुलुक न्यूजिल्यान्ड अटाएको छ ।

अध्ययनमा सहभागि राष्ट्रसंघका जोन हेलीवेल भन्छन् –खुशि मुलुक भनेका ती हुन् जहाँका जनताले अपनत्व महसुस गर्छन् । जहाँ विश्वास र खुशि बाँडिन्छ र सार्वजनिक संस्थाप्रति भरोसा हुन्छ ।’ अध्ययनले मुस्लिमप्रतिको घृणा, बेरोजगारी र सामाजिक विश्रृंखलाको कारण केही मुलुक पछाडि परेको उल्लेख गरेको छ ।

माथिल्लो तस्विरमा बालबालिका मुस्कुराउँदै । तस्विर – आरके अदिप्त गिरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर