मलेखु बजार बन्यो डिजिटल बजार, हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने – Nepal Press

मलेखु बजार बन्यो डिजिटल बजार, हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरेका छन । शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको संचालक समितिका सदस्य र व्यवस्थापनका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुती गरेका थिए । कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो ।

बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिन मार्फत सेवा प्रदान गर्दै आएको छ । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर