च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका फाइनलिस्ट भिड्ने – Nepal Press

च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका फाइनलिस्ट भिड्ने

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा गत सिजनका दुई फाइनलिस्ट बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् ।

युइएफएले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार इङ्लिस क्लब चेल्सीले पोर्चुगलको पोर्टोसँग खेल्ने छ । त्यस्तै, इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन हेभिवेट बोरुसिया डर्टमन्ड भिड्दा ६ पटकको विजेता लिभरपुलले १३ पटकको च्याम्पियन रियाल मड्रिडसँग खेल्ने छ ।

क्वार्टरफाइनलको पहिलो लेग अप्रिलको पहिलो साता र दोस्रो लेग अप्रिलको दोस्रो साता हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *