राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म – Nepal Press

राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

नेपाल प्रेस २०७७ चैत ६ गते १६:५७
२०७७ चैत ६ गते १६:५७

काठमाडौंको थापाथलीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन भइरहेको छ । दुई वर्षअघि शुरु भएको भवन निर्माणका काम करिब ८० प्रतिशत सकिएको छ ।

बैंकको अर्को भवन बालुवाटारमा निर्माणाधीन छ । उक्त भवनको पनि करिब ५३ प्रतिशत निर्माण कार्य सकिएको बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले जानकारी दिए । नयाँ भन्ने भवन अत्याधुनिक र सुविधासम्पन्न हुने बैंकका सह–प्रवत्ता नारायण प्रसाद पोखरेले बताए । जहाँ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरिएको छ । साथै भवन निर्माणमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

उनका अनुसार २०७२ सालको भूकम्पले बैंकको केन्द्रीय कार्यालय तथा थापाथलीको भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माण शुरु गरिएको हो ।