महिलालाई खाडलमा पुर्ने डोजर चालक पक्राउ – Nepal Press

महिलालाई खाडलमा पुर्ने डोजर चालक पक्राउ

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोदी विरबल सडक खन्दा महिलालाई पुरेर फरार रहेका डोजर चालक पक्राउ परेका छन् ।

गत फागुन १७ गते सडक मर्मत गर्दा ४० वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर माटोले पुरेर फरार रहेका २२ वर्षीय भीमबहादुर बुढाथोकीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।

सल्यान छायाँ क्षेत्र गाउँपालिका- ६ रानागाउँका बुढाथोकीलाई चैत ६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घाँस बोकेर आउँदै गरेकी महिला खोल्सामा लडेपछि पछि बुढाथोकीले निकाल्नुको सट्टा माटोले पुरेका थिए । स्थानीयले महिलालाई पुरेको देखेपछि चालक फरार भएका थिए ।

उनी भागेर भारत स्थित सलोनमा रहेका दाजुभएको स्थानमा लुकेर बसेका थिए । पैसा आवश्यक परेपछि फागुन २९ गते बुढाथोकी भारतको जमुनाहा नाका हुँदै नेपालजंग आएर सुर्खेतको होटलमा लुकेर बसेका थिए ।

उनी पैसा लिएर पुन: चैत ४ गते भारतको हरिद्धार फर्केको अनुसन्धानबाट खुलेको छ ।

उनले बोकेको मोवाइल सेट समेत होटलमा छाडेर सम्पर्कविहिन भई हिँडेका थिए । सोही क्रममा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर