‘एमालेको धाक’ नदिन ओलीलाई नेपालको चेतावनी – Nepal Press

‘एमालेको धाक’ नदिन ओलीलाई नेपालको चेतावनी

‘एमाले जन्माउने ओली होइन हामी हौं’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी दिए ।

आफ्नो समूहको महिला भेलालाई सम्वोधन गर्दै नेपालले भने, ‘एमाले म हुँ, मकहाँ आउनुपर्छ भन्छन् । तर उनी मूल एमाले होइनन् । बीमाले, सिमाले भने हुन्छ । एमालेको धाक नदेखाए हुन्छ । वास्तविक एमाले हामी हौं ।’
झापा आन्दोलनदेखि कुनै पनि आन्दोलनमा ओलीको भूमिका नरहेको पनि बताए । झापा आन्दोलनका सबै अगूवाहरु आफ्नो समूहमा रहेको उनको दावी थियो ।

‘त्यतिबेला ओली जेलमा थिए, जेलमा उनले कस्तो भूमिका खेले भन्ने अरु साथीहरुलाई सोध्दा हुन्छ,’ नेपालले भने, ‘मैले सुनेअनुसार त जेलमा पनि उनले अरुलाई दुख दिएका थिए ।’
ओलीलाई घमण्डले बिगारेको नेपालले बताए ।

‘ओलीजी घमण्डको चुचुरोबाट तल ओर्लिनुस् । धेरै बिगारेको छ, तपाईंको घमण्ड र व्यक्तिवादले । तपाईंको वैचारिक विचलनले बिगार्यो । अहिलको लडाई यही विचारसँग जोडिएको छ ।’

ओली नेतृत्वमा आएदेखि नै पार्टीमा संकट सुरु भएको नेपालले बताए । आफूहरुले सबै अपमान र पूर्वाग्रह सहेर पनि मिलेर जाने प्रयास गरेको उनको भनाइ छ ।

‘हामीले मिलेर जाउँ भनेर चुनावमा एकतावद्ध भएर जाँदा एमालेले विजय प्राप्त गर्यो । तर, त्यसलाई ओलीजीले आफ्नो निजी विजय ठान्नुभयो । आफ्नो सौर्य ठान्नुभयो ।’ नेपालले भने ।


प्रतिक्रिया

One thought on “‘एमालेको धाक’ नदिन ओलीलाई नेपालको चेतावनी

  1. प्रचण्डको लक्ष्य केपी ओली अर्थात नेकपा (एमाले)लाई कमजोर बनाउनै हो नकि माधव-झलनाथहरूलाई बलियो बनाउने, यतिपनि नबुझेर योगेश-घनश्यामहरू एमाले अर्थात ओलीका विरूद्धमा किन विष वमन गर्दैछन्? #जिज्ञासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर