परीक्षामा चिट बनाइदिने पाँचजना पक्राउ – Nepal Press

परीक्षामा चिट बनाइदिने पाँचजना पक्राउ

जनकपुरधाम । परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको रामचोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अफसेट प्रेस र फोटोकाँपी पसलका संचालकहरु हुन् ।

पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ । परीक्षा हलमा लैजान र चोरी गर्न सजिलो बनाउनका लागि मोटो पुस्तकलाई सानो साइजको बनाएर उनीहरुले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले अनुगमनको क्रममा चिट तयार पार्नेहरु पक्राउ परेको र आवश्यक अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘चिट तयार पार्नु र पुस्तकको फोटोकपी गरी बिक्री गर्न पाइँदैन ।’

जनकपुरका व्यवसायीले भने पक्राउ परेकालाई छाड्न दवाव दिन थालेका छन् । उद्योग वाणिज्य संघका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय पुगेर पक्राउ परेकालाई छाड्न प्रहरी अधिकारीलाई दवाव दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर