नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त – Nepal Press

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त

काठमाडौं । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् । मन्त्रिपरिषदको विहीवारको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उनी नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर