माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः एमाले–माओवादी व्युँताउने फैसलाप्रति असहमति – Nepal Press

माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः एमाले–माओवादी व्युँताउने फैसलाप्रति असहमति

काठमाडौं । काठमाडौंमा सम्पन्न नेकपा एमालेको माधव नेपालपक्षीय भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा छन् । यसैगरि पार्टीका उपाध्यक्ष भिम रावलले ती प्रस्ताव भेलामा प्रस्तुत गरेका थिए ।

कार्यकर्ताले ताली बजाएर समर्थन गरेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । सोही भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ ।

हेर्नुस प्रतिवेदनः


प्रतिक्रिया

One thought on “माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः एमाले–माओवादी व्युँताउने फैसलाप्रति असहमति

  1. राजनीतिमा सानु चित्त, संकुचित दिमाग, चतुरे प्रबृत्ति, उरनठेउले गतिबिधि, बस्तुनिस्ट बिस्लेषणको कमी , चिन्तन, सपना र मनन को अभाव छ भने त्येश्ले मात्र समस्या निम्त्याउञ्छ, जुन अहिले देखिएको छ !!! त्यो हुँदा, आफुले देखेको मात्र सहि, आफुले भनेको अनि गरेको मात्र सहि भन्ने भान हुन्छ, त्यो खतरनाक हुन्छ !! आफुले देख्न सकेको ‘सानु परिधी’ र ज्ञानको ‘सिमित भण्डार’ लाइ मनन गरी त्येश्लाई बढाउन लाग, देशलाई तिम्रो अज्ञानता त असक्ष्य्मताको बन्दि नबनाउ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर