धनगढीको कृषि उपज तथा हाट बजारमा सिभिल बैंकको क्युआर कोड – Nepal Press

धनगढीको कृषि उपज तथा हाट बजारमा सिभिल बैंकको क्युआर कोड

धनगढी । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

उक्त बजारका विभिन्न व्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोत्साहित गरेको हो ।

यस बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न प्रकारका नगद रहित भुक्तानी सेवा उपलब्ध गराउदै आएकोमा र व्यपार तथा व्यवसायहरुमा क्युआर कोडलाई सशक्त रुपमा देशव्यापी बनाउदै अगाडी बढ्ने नीति लिएको छ ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्पत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव  ८१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ७५ अर्ब भन्दा बढी कर्जा लगानी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर